कर्णाली प्रदेश

कर्णाली प्रदेशले दियो चैते दशैंमा सार्वजनिक विदा

cm office karnali province

५ बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैंका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मङ्गलबार)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

karnali notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस