मुख्य समाचार

ललितपुरका बिजुलीको पोलमा हरियो रङ, विज्ञापन टाँस्नेलाई कारवाही !

hariyo color

५ बैशाख, ललितपुर । ललितपुर महानगरपालिका भित्रका बिजुलीको पोलमा हरियो रङ लगाउन थालिएको छ ।

ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको उद्घाटन गरेका थिए । पोलको विज्ञापन हटाएर रंग लगाउने काम ललितपुर नगर प्रहरीले गरिरहेको छ ।

१० वर्ष पुराना विज्ञापन हटाएर रंगरोगनको काम भइरहेको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । हाछेथुले भने, ‘महानगर भित्रको सड्क पोलमा वर्षौदेखि टाँसिएका विज्ञापन हटाएर ६ फिट पोल रङ्ग्याउँदै छौं ।’

ललितपुर महानगरले अबदेखि सडक पोलमा विज्ञापन टाँस्न रोक लगाएको छ । ‘भर्ना खुल्यो, कुक आवश्यक र घर–फ्ल्याट खाली’ जस्ता विज्ञापन टाँस्नेलाई नगरपालिकाले कारवाही शुरु गरेको छ ।

पछिल्लो पटक विज्ञापन टाँस्ने ३ जनालाई कारवाही गरिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस