
३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये भक्तपुरका ४५ जना, ललितपुरका ६४ र काठमाडौंका ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षणमा आइतवार देशभर थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस