विश्व/प्रवास

अरब देशका ६ करोड मानिस भोकमरीको चपेटामा

hunger

५ बैशाख, काठमाडौं । मध्यपूर्व अर्थात् अरेबियन क्षेत्रका १२ देशमा झन्डै ६ करोड जनसंख्या भोकमरीसँग लडिरहेको छ । संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमको अनुमानअनुसार झन्डै ९६ करोड मानिसलाई स्वस्थ रहनका लागि जरुरी पर्याप्त भोजन मिलेको छैन ।

यसमध्ये झन्डै ६ करोड ४० लाख मानिस १२ वटा अरब देशमा छन् । सबैभन्दा गम्भीर समस्या युद्धग्रस्त सिरिया र यमनमा छ । यहाँ झन्डै आधा जनसंख्या भोकमरीबाट ग्रस्त छ । सिरियामा रोटी, चामल, दाल, तेल र सक्खरको मूल्य पछिल्लो वर्षको तुलनामा फेब्रुअरीमा २ सय २२ प्रतिशतले बढेको थियो । यहाँ, सरकारी कामदारको मासिक तलबभन्दा खाद्यान्नको खर्च दोब्बर छ ।

संयुक्त राष्ट्रसंघले यमनमा भोकमरीको चेतावनी दिइसकेको छ । युद्धभन्दा पहिले सिरियामा आफुलाई आवश्यक पर्ने भन्दा धेरै गहुँ पैदा हुन्थ्यो । हम बोल्ड विश्वविद्यालय बर्लिनको अध्ययनअनुसार २०१० देखि २०१८ बीच सिरियामा खेतीयोग्य जमिनमा ९ लाख ४३ हजार हेक्टरले कमी आएको छ । अन्य देशहरु पनि चुनौतीसँग जुधिरहेका छन् । लेबनानमा पछिल्लो वर्षको दाँजोमा खाद्यान्नको मूल्य ४ सय १७ गुणाले बढेको छ । इजिप्टमा चामलको मूल्य पछिल्ला धेरै वर्षहरूको दाँजोमा यसपटक सर्वाधिक छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *