बलिउड / हलिउड

अभिनेता अर्जुनलाई पनि कोरोना संक्रमण

arjun rampal

५ बैशाख, मुम्बई । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् ।

अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । मैले आफुलाई घरमै क्वारेन्टाइनमा गरेको छु ।’

आफु पुरै मेडिकल केयरमा रहेर जरुरी प्रोटोकल पालना गरिरहेको बताएका अर्जुनले १० दिन यता आफ्नो सम्पर्कमा आएकालाई स्वास्थ्यको ख्याल राख्न र सावधान रहन  समेत अनुरोध गरेका छन् । ‘अहिले हामी सबैका लागि डरलाग्दो समय हो ।

हामीले सचेत भएर थोरै समयका लागि आफ्नो ख्याल राख्नुपर्छ । यसले अगाडि हामीलाई धेरै फाइदा हुन्छ’ अर्जुनले अगाडि भने, ‘हामी सबै मिलेर कोरोनासँग लड्न सक्छौ ।’ अर्जुन अगाडि पनि बलिउडका थुप्रै कलाकार कोरोना संक्रमित भैसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *