विश्व/प्रवास

अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या

Afghanistan blast

५ बैशाख, काठमाडौं । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् ।

स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइ भतिज मारिएको जानकारी दिए ।

नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरे । अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ ।

मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यही क्रममा उक्त घटना भएको हो । –एएफपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस