मुख्य समाचार

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

oli biplap

५ बैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमतिको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी  दिए ।

विप्लव समूह र सरकारबीच २० फागुनमा पार्टीमाथिकाे प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

सोही सहमति कार्यान्वयनका लागि विप्लवले ओलीसँग भेटवार्ता गर्दै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस