५ बैशाख, पोखरा । चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । चैत ७ गते परेको चैते दशैंमा विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।
चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । राजपत्र अनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो ।
प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको छ ।
प्रतिक्रिया दिनुहोस