समाचार

गण्डकी प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जा छनौट

syanga police

५ बैशाख, स्याङ्जा । गण्डकी प्रदेशभरिका ११ जिल्ला प्रहरी कार्यालयमध्ये जिल्ला प्रहरी कार्यालय स्याङ्जा उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ ।

वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेशका एसएसपी मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

‘छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि–२०७७’ अनुसार उत्कृष्ट छनौट गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ट उपरीक्षक पोखरेलले बताए । यस्तैगरी जिल्ला प्रहरी कार्यालय कास्की द्वितीय, जिल्ला प्रहरी कार्यालय तनहुँ तृतीय भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *