सेयर मार्केट

रुरु जलविद्युत परियोजनाको सेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

nibl and ruru

५ बैशाख, काठमाडौं । हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिस्ट्रार नियुक्त गरेको छ ।

रुरु जलविद्युत परियोजना र एनआईबीएल एस क्यापिटल बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा रुरु जलविद्युत परियोजनाका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस