६ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ ।
अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग मिलेर जान सहमत देखिएपछि यादव बिच्किएका छन् । यादव प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका छन् ।
बालुवाटारले गौर हत्याकाण्डलाई देखाएर उपेन्द्र यादवलाई तर्साउन खोजेको भन्दै जसपाभित्र अर्को हलचल पनि सुरु भएको छ । रौतहटका एकथरी स्थानीयले उक्त घटनाको पुनः छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री ओलीलाई २०७७ फागुन २३ मा ज्ञापन पत्र बुझाएका थिए । त्यसैले यादव ओलीसँग थप बिच्किएका छन् । यो समाचार आजको साँघु साप्ताहिकमा छ ।
प्रतिक्रिया दिनुहोस