मुख्य समाचार

हावाबाट पनि कोरोना सर्ने !

corona

६ बैशाख, काठमाडौं । विश्वलाई कोरोना महामारीको दोस्रो लहरले गाँजिरहेका बेला वैज्ञानिकले हावाबाट पनि कोरोना  भाइरस सर्ने १० वटा प्रमाण भेटेका छन् ।

गत साता विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अध्ययन प्रतिवेदनमा यी प्रमाणहरुबारे उल्लेख गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाका विभिन्न संस्थामा कार्यरत ५ वैज्ञानिकले संयुक्तरुपमा उक्त अध्ययन गरेका हुन् ।

पहिलो प्रमाणका रुपमा वैज्ञानिकले कोभिड –१९ व्यापक प्रसारमा निश्चित कार्यक्रम तथा जमघट (सुपरस्प्रेडिङ इभेन्ट्स) धेरै हिसाबले जिम्मेवार रहेकाले यो हावाको माध्यमबाट सरेको देखिएको तथ्य राखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस