मुख्य समाचार

कोरोना कहर : भारतमा एकैदिन २ लाख ७१ हजारभन्दा बढी संक्रमित फेला, कूल संक्रमित डेढ करोड पार

corona vaccine in india

६ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमितको आँकडाले लगातार नयाँ रेकर्ड छोइरहेको छ ।

आइतबार भारतमा रेकर्ड स्तरको २ लाख ७१ हजार २०४ नयाँ संक्रमित भेटिएको छ । यस वर्ष पहिलो पटक १५ सय ७० को मृत्यु भएको छ । यसका साथै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार १५० मानिस निको भएका छन् ।

अघिल्लो वर्ष संक्रमण सुरु भएपछि भारतभरि कोरोनाद्वारा संक्रमित हुने बिरामीको संख्या डेढ करोड पार भएको छ । यसमा १ करोड २९ लाख ४७ हजार २९७ संक्रमित निको भइसकेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २१ हजार ७३८ छन् ।

यस्तै कूल मृतकको आँकडा पनि १ लाख ७८ हजार ७४३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस