मुख्य समाचार

कोरोना लुकाएर भारतबाट घर फर्किए, गयो ज्यान !

covid 19 dead body

६ बैशाख, काठमाडौं । रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए ।

आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस