मुख्य समाचार

आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

vitamin a

६ वैशाख, काठमाडौं । सरकारले पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

भिटामिन ‘ए’ वितरण केन्द्रमा यसरी स्वास्थ्य सुरक्षा अपनाऔं

—वितरण केन्द्रमा भिडभाड नगर्ने ।

—कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने ।

—आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने ।

—साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस