
६ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र दरमा वृद्धि हुँदै गइरहेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित बनेको महाराष्ट्रमा प्रत्येक घण्टा दुई हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ ।
आइतबार महाराष्ट्रमा कोरोनाभाइरसको ६८ हजार ६३१ नयाँ बिरामी फेला परेका छन् । हालसम्म महाराष्ट्रमा कोरोनाको कुल ३८ लाख ३९ हजार ३३८ मामिला देखा परेका छन् । आइतबार महाराष्ट्रमा कोरोनाका कारण ५०३ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस