मुख्य समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा

Bidya Bhandari

६ बैशाख, काठमाडौं । संसद हिउँदे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु ।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।

bidya notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस