मुख्य समाचार

विद्यालय र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय, धार्मिकस्थलमा पनि तोकियो मापदण्ड

cabinet new push 10

६ बैशाख, काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै उनले धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको बताए । उनका अनुसार स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस