सुनचाँदी

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

gold today price in nepal

६ बैशाख, काठमाडौं । नेपाली बजारमा केही दिन यता निरन्तर सुनको मुल्य वृद्धि भैरहेको छ ।

आज पनि प्रतितोला ३ सय रुपेयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यस्तै, हिजो ९० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस