मुख्य समाचार

राष्ट्रपतिद्वारा सर्वोच्च न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

nahakul chudal

६ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज (सोमबार) डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाशीशका रूपमा कार्यरत छन् । उनीहरुका नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस