समाचार

त्रिभुवन विमानस्थलबाट २४ लाख नगदसहित १ जना पक्राउ

arrest

६ बैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले २४ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत रहेका छन् ।

उनलाई आइतबार साँझ यति एयरलाइन्सको उडानबाट विराटनगर जान लागेको अवस्थामा सो रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

बस्नेलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारवाहीका लागी उनलाई सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको एसएसपी बास्तोलाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस