मुख्य समाचार

नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा

delhi lockdown

६ बैशाख, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ । पछिल्ला दिन कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री केजरीवालले लकडाउनमा गरिबहरुमाथि कठिन अवस्था आउन सक्ने भएकाले दिल्ली नछाड्न आग्रह गरेका छन् । उनका अनुसार नयाँ दिल्लीमा पछिल्लो समय दैनिक २५ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि लकडाउनको घोषणा गर्नुपरेको बताए ।

उनले लकडाउन घोषणा गर्नेबित्तिकै कोरोना खत्तम नहुने तर संक्रमण तीव्रतामा आउने आफ्नो मान्यता बताएका छन् । ‘एक हप्ताका बीचमा संक्रमितका लागि हामी शैया, औषधि र अक्सिजनको व्यवस्था गर्ने विश्वास उनले दिएका छन् ।

परीक्षा दिने विद्यार्थीहका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ । त्यस्तै टिकट देखाएर रेलवे स्टेसन र एयरपोर्टमा आवतजावतका लागि छुट दिने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस