
६ बैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
उनीहरुले मुख्यमन्त्री पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री पोखरेलविरुद्ध आज दिउँसो १ बजेर १५ मिनेटमा कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम अघि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस