खेलकुद समाचार

मलेसियाविरुद्ध नेपालको शानदार जित

game

६ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए ।

भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरेका छन् । आसिफ शेखले २९ बलको सामना गर्दै एक छक्का र ४ चौकासहित ४२ रन बनाएका छन् भने भुर्तेलले ६१ रन बनाउन सफल भएका छन् ।

त्यस्तै, दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाउन सफल भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस