मुख्य समाचार

कोरोनाविरुद्धको दोस्रो डोज भोलिदेखि, कहाँ–कहाँ लगाइन्छ ? (तालिकासहित)

covid vaccine

६ वैशाख, काठमाडौं । सरकारले मंगलबारबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार  कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने बताए । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।

काठमाडौंमा खोप लगाइने स्थान र तालिका

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस