बैँक / वित्त

लक्ष्मी बैंकले नयाँ वर्षको योजना ल्यायो, अरेन्ज सेभिङ्स प्लस खातामा वार्षिक ४.५% ब्याज दिने

laxmi saving

६ बैशाख, काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

अरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख सम्मको वार्षिक स्वास्थ्य बीमा र र १० लाख सम्मको दुर्घटना (मृत्यु) र अक्षमता बीमा सुविधा पाउन सक्नेछन् । यति मात्र नभएर डेबिट, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुको साथै बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टी.एम.मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता हुने बैंकले जनाएको छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभर अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने बैंकले जनाएको छ ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता शुभ श्री (लक्ष्मी बचत खाता) मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याजदर प्रदान गरिरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस