मुख्य समाचार

पछिल्लो २४ घण्टामा थप १२ सय बढीमा कोरोनाभाइरसको संक्रमण, ८ जनाको मृत्यु

jageshwor gautam

६ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *