
६ बैशाख, काठमाडौं । काठमाडौं उपत्यका पछिल्लो २४ घण्टामा मात्रै ६३४ संक्रमित थपिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस