मनोरञ्जन ताजा समाचार

अभिनेत्री शिल्पा पोखरेलका कारण प्रकाश सुवेदीका दुबै कार्यक्रम निलम्बन !

Prakash Subedi and Shilpa Pokhrel

६ बैशाख, काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘रजत पट’ र ‘ग्ल्यामर गफ’ अहिलेलाई निलम्बनमा परेको छ । एपिवान टेलिभिजनले अभिनेत्री शिल्पा पोखरेलको उजुरीको आधारमा कार्यक्रम अहिलेलाई स्थगित गरेको हो ।

अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै कार्यक्रम विरुद्ध टेलिभिजनमा उजुरी दिएपछि टेलिभिजनले छानबिनका लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

कार्यक्रम सञ्चालन प्रकाश सुवेदीले कार्यक्रम निलम्बन भएको मिडियाबाट सुन्दा आफु पनि आश्चर्यमा परेको बताए । ‘मेरो कार्यक्रम निलम्बन भएको अहिले समाचार आइरहेको छ । हो, होइन केही थाहा छैन’ सुवेदीले भने ‘त्यस विषयमा आधिकारिक पत्र हात परेपछि भनौँला ।’

केही दिन अगाडि सुवेदीले आफ्नो कार्यक्रममा अभिनेत्री शिल्पाका पूर्व पति छविराज ओझाको अन्तरवार्ता प्रस्तुत गरेका थिए । उक्त अन्तवार्तामा आफ्नो थप चरित्र हत्या प्रयास गरेको भन्दै शिल्पा एपिवान टेलिभिजन पुगेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *