समाचार

काठमाडौंमा बन्चरोले हिर्काएर लुटपाट प्रयास, ३ जना पक्राउ

lutpat balaju

६ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा बन्चरोले हिर्काएर लुटपाट प्रयास गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नाम्जुङ–३ घर भएका १८ वर्षीय सुनम परियार, ओखलढुङ्गा  पतलेछेर्मादिङका १८ वर्षीय छिरिङ मोक्तान र मकवानपुर घर भएका सुरज तामाङ छन् ।

गत शुक्रबार राती ९ बजेतिर बालाजुचोकमा लुकेर बसेका ३ जना किशोरले रुकुमको मुसीकोटका १९ वर्षीय रमेश चनारालाई लुट्ने प्रयास गरेका थिए । बालाजु बस्दै आएका १९ वर्षीय रमेशलाई बन्चरोले हिर्काएर बेहोस बनाएको देख्नेहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा उनीहरु भागेका थिए । आरोपीहरुलाई गंगाहल नजिकैबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

उनीहरुको साथबाट बन्चरो बरामद गरिएको छ । आरोपीहरुले बन्चरोले हिर्काएर लुट्ने प्रयास गरेको साविती बयान दिएका छन् । महानगरीय प्रहरी वृत बालाजुले उनिहरुलाई ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस