समाचार

बर्दियामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ

rape

६ बैशाख, बर्दिया । बर्दियामा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका–९ चनौराका २४ वर्षीय दिनेश थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दिनेशले कर्णाली नदीको तटबन्धमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।

आइतबार राति पक्राउ गरिएका दिनेशमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *