समाचार

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

melamchi

७ बैशाख, काठमाडौं । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।

पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले  जनाएको  छ ।

जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत  गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ  । अब थप स्थानमा मर्मत गर्नेछौँ ।”  मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस