मुख्य समाचार

कोरोनाविरुद्धको दोस्रो चरणको खोप आजदेखि, कहाँ–कहाँ लगाइन्छ ?

corona khop

७ बैशाख, काठमाडौं । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ ।

कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो । उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान देशभर सञ्चालन हुने जनाएको छ। प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८७९ जनाले लगाएका थिए ।

काठमाडौंमा खोप लगाइने स्थान र तालिका

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस