समाचार

मोटरसाइकल चोरेको आरोपमा तीनजना पक्राउ

baki chori

७ बैशाख, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा-४ घर भइ हाल तारकेश्‍वर नगरपालिका-९ बस्ने २० वर्षीय नमराज अधिकारी र २२ वर्षीय रामचन्द्र अधिकारी , नुवाकोट तादी गाउँपालिका-३ घर भइ हाल तारकेश्‍वर नगरपालिका वडा-९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

तारकेश्वर नगरपालिका १० नं. वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा बास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाइ रहेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको हो ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी.सी. को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ । उक्त पक्राउ भएका मोटरसाइकल यहि चैत्र २७ गते तारकेश्‍वर न.पा.-६, पैयुटारबाट हराएको भन्दै नुवाकोट राजु तामाङले हुलिया निवेदन महाशाखामा दिएका थिए ।

मंगलबार पक्राउ गरेर उनीहरुविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस