मुख्य समाचार

अयोध्यापुरीमा राखिने राम-सीताको मूर्ति बालुवाटारबाट बिदाई (तस्बिरहरू)

oli ram sita

७ बैशाख, काठमाडौं । चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए । बालुवाटारमा वैदिक अनुष्ठानसहित पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो ।

प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतीमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ । ‘प्रधानमन्त्री ओलीले बालुवाटरमा पूजा गरेर विदाई गरिसक्नु भएको छ,’ संस्कृती मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने ‘भजन कृतन सहितको समारोह गरी रथयात्राको विदाई भएको छ । भोली अयोध्यापुरीमा मूर्ति स्थापना हुन्छन् ।’

प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच प्रतीमासहितको रथयात्रालाई विदाई गरेकी थिइन। मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा रामनवमीको दिन प्राणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ ।

भोली संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मुर्ति स्थापना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

oli ram sita

oli ram sita

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस