मुख्य समाचार

काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ नियम लागू

yatayat

७ बैशाख, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाभाइरस महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो ।

जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा  र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

यस्तै चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराइने उनले बताए ।

yatayat notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस