सेयर मार्केट

सेयर बजारमा झिनो अंकको वृद्धि

share market nepal

७ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज झिनो अंकले वृद्धि भएको छ ।

नेप्से आज हिजोको भन्दा २.६८ अंकले बढेर २६६४.२६ को बिन्दुमा पुगेको छ । यस दिन ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड २३ लाख ६९ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको हो ।

९ समूहको सूचक वृद्धि भएको छ । महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।कारोबार रकममा नागरिक लगानी कोष २१ करोड ४२ लाख रुपैयाँभन्दा बढी सहित पहिलो स्थानमा  छ । दोस्रोमा निफ्रा र तेस्रोमा नबिल बैंक रहेका  छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस