समाचार

विमानस्थल प्रवेशमा कडाई, अत्यावश्यक अवस्थामाबाहेक नजान आग्रह

Tribhuvan International Airport

७ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल प्रवेशमा कडाइ गर्ने भएको छ । कोरोना महामारी बढेको भन्दै कार्यालयले अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको हो ।

मंगलबार सूचना प्रकाशित गर्दै कार्यालयले विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्कको प्रयोग गर्न पनि भनेको छ । शरीरको तापक्रम मापन गराएर मात्र टर्मिनल भवन छिर्न, सेनिटाइजरको प्रयोग अनिवार्य गर्न, लाइनमा बस्दा मार्किङ/तोकिएको सांकेतिक चिह्रन पछ्याउन कार्यालयले आग्रह गरेको छ ।

आन्तरिक र बाह्य यात्रुले सीसीएमसीको वेबसाइटबाट ट्राभलर डिपार्चर फारम डाउनलोड गरी त्यो भरेर मात्र विमानस्थल जान पनि आग्रह गरेको छ । यो फाराम विमानस्थलमै पनि पाउन सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *