समाचार

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २६ जना घाइते

kapilbastu accident

७ बैशाख, कपिलवस्तु । बुद्धभुमी–९ सुगरबाबा नजिक यात्रुवाहक बस र मालवाहक ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाणगंगा नगरपालिका–२ का बस चालक कृष्ण कुँवर र अर्का एक अन्दाजी ४० वर्षीय खुरवाङ खडकाको उपचारको क्रममा बुटवल स्थित चौरहा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले जानकारी दिए ।

उक्त दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको प्रहरी निरीक्षक कार्कीले बताए । अझै ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालका स्वास्थ्यकर्मी जनक केसीले बताए ।

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः३० बजे ठोक्किएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *