विश्व/प्रवास

रामदानका अवसरमा एक हजार ७०० कैँदी जेलमुक्त

Cairo Egypt

७ बैशाख, काठमाडौं । मुसलमानहरूको पवित्र पर्व रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ । पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैदीलाई कैद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ । इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैद भुक्तानी गरिसकेका कैदीहरूलाई बाँकी कैँद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ । इजिप्टले रमादान र स्वतन्त्रता दिवस (जुलाई २३) का अवसरमा कैदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाइ गर्ने प्रचलन बर्षोँ देखि चल्दै आएको छ ।

इजिप्टको संविधानअनुसार  शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैदीको बाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस