
७ बैशाख, काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूमा लक्षण देखिएपछि कोरोना परीक्षण गराएकी थिइन् । पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो । तर, उनले विश्वास नलागेर दोस्रो पटक पनि परीक्षण गराएकी थिइन् ।
दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित भएपछि उनी अहिले घरमै आइसोलेट भएकी छन् । अभिनेत्री अधिकारीसँग फोन सम्पर्क गर्दा आफु अस्वस्थ रहेकोले कुराकानी गर्न नसक्ने भन्दै फोन काटेकी छन् ।
प्रतिक्रिया दिनुहोस