
८ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डै तीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।
भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ। मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ ।
यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मंगलबार एक लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भएको जनाइएको छ । संक्रमणमुक्त भएको यो संख्या पनि हालसम्मकै उच्च रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस