सेयर मार्केट

सीईडीबीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने

ipo

८ बैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।

सीईडीबीको आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आईपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *