समाचार

१० रुपैयाँ दिई फकाएर ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Pramod Rape

७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा  पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस