सुनचाँदी

बुधवार एकैदिन तोलामा १ हजार ३०० ले बढ्यो सुनको मूल्य

gold today price in nepal

८ बैशाख, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा अधिकतम १ हजार ३०० रुपैयाँले वृद्धि भई ९२ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य पनि बुधबार प्रति तोला १० रुपैयाँले वृद्धि भएको भएको छ । महासंघका अनुसार मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर  प्रति तोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *