विश्व/प्रवास

भारतलाई अमेरिकी झट्का : मुद्रा चलखेलकर्ता सूचीमा राखिदियो

dollar

८ बैशाख, काठमाडौं । अमेरिकाले भारतलाई ‘करेन्सी म्यानुपुलेटर्स’ (मुद्रासँग छेडखानी गर्ने) को निगरानी सूचीमा राखेको छ । यसबारे भारत सरकारले मंगलबार प्रतिक्रिया दिँदै यसबारे कुनै तर्क आफूहरुले नबुझेको बताएको छ । भारतका वाणिज्य सचिव अनूप वधावनले पत्रकारहरुसँगको कुराकानीमा भने, ‘मैले यसको कुनै आर्थिक तर्क बुझ्न सकेको छैन ।’ उनले केन्द्रीय रिजर्भ बैंकले बजारको शक्तिअनुसार मुद्राको संग्रह गर्ने बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो हप्ता अमेरिकाको वित्त मन्त्रालयले भारत, सिंगापुर, थाइल्याण्ड र मेक्सिकोसमेत १० अर्थव्यवस्थालाई ‘निगरानी सूची’ मा राखेको थियो । जसमा यी देशहरुको मुद्रा संग्रहण र अन्य तरिकामाथि नजिकबाट नजर राख्नुपर्ने आवश्यकता रहेको बताइएको थियो ।

वाणिज्य सचिवका अनुसार भारतको अमेरिकासँगको व्यापार अधिशेष सन् २०२०–२१ मा करिब पाँच अर्ब डलरसम्म पुगेको थियो । अमेरिकी रिपोर्टका अनुसार अमेरिकासँग भारतको द्विपक्षीय व्यापार अधिशेष २०२० मा वस्तुहरुको मामिलामा २४ अर्ब डलर रहेको थियो यसमा सेवाको वित्तीय अधिशेष ८ अर्ब डलर रहेको थियो ।

अमेरिकाले समय समयमा विभिन्न देशलाई ‘करेन्सी म्यानुपुलेटर्स’ को सूचीमा राख्छ । यसमा धेरै पटक चीनको नाम देखिने गरेको छ । अमेरिकाले सचेतरुपमा ‘अनुचित मुद्रा व्यवहार’ गर्दै डलरको तुलनामा आफ्नो मुद्रा अवमूल्यन गर्ने देशलाई यस सूचीमा राख्ने गर्दछ । कयौँ देशले कृत्रिमरुपमा आफ्नो मुद्रालाई घटाएर अन्यसँग अनुचित लाभ लिन यस्तो गर्ने गर्छन् । मुद्रा अवमूल्यन गरेर देशबाट निर्यातको लागत कम गरेर व्यापार घाटा कृत्रिम रुपमा कमी देखाउने गरिन्छ ।

यस सूचीमा अन्य देशमा चीन, जापान, कोरिया, जर्मनी, इटली र मलेसिया पनि सामेल छन् । –बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *