मुख्य समाचार

बुधबार देशभर थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

jageshwor gautam

८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा  परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *