
८ बैशाख, पोखरा । पोखरामा कोरोना संक्रमितका कारण थप दुईको मृत्यु भएको छ ।
मूत्यु हुनेमा पोखरा महानगरपालिका की ५४ वर्षीय महिला रहेकी छन् । उनमा गएको ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनको आज उपचारको क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै अर्को मूत्यु हुनेमा पोखरा महानगरपालिका–३३ का ८४ वर्षीय बृद्ध रहेका छन् । उनमा पनि यही ५ गते संक्रमण पुष्टि भएको थियो । उनको आज उपचारको क्रममा संक्रमण तथा सरूवा रोग अस्पतालमा मृत्यु भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २११ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस