मुख्य समाचार

ओली र माधव नेपालबीच होटल मेरियटमा छलफल, विष्णु पौडेल पनि सहभागी

oli and nepal

८ बैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आकस्मिक वार्ता सुरु भएको छ । दुईजना नेताबीच नागपोखरीस्थित होटल मेरियटमा केही बेरअघि वार्ता सुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका ओलीका एकजना सल्लाहकारका अनुसार केही बेरअघिबाट दुई नेताबीच वार्ता सुरु भएको हो । उक्त वार्तामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी भएका छन् ।

यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस