मुख्य समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो– धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत देखियो !

हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर
jageshwor

८ बैशाख, काठमाडौं । सरकारले धान्नै नसक्ने गरी कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै सचेत रहन आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार मात्रै दुई हजार तीन सय  ५१ जना संक्रमित थपिएको र हरेक चार दिनमा संक्रमण दोब्बर भएको भन्दै सचेत रहन आह्वान गरेका हुन् ।

‘संक्रमणको दर अत्यधिक बढेको छ, आजमात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भने, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवन रक्षा गर्न सघाउन म विशेष अनुरोध गर्न चाहन्छु ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस